काठमाडौँ: ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् ।

राजविराज स्थायी घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार कोठामा नै मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।

घटनास्थलमा स्लफर नामको विषादीको बट्टासमेत फेला पारेकाले उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घिमिरेले जनाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version