काठमाडौँ: नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

कम्पनीको आइपीओमा आज मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० जनाको आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

कुनै पनि आइपीओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइपीओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ ।

यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए ।

बैंकले गत शुक्रवारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आइपीओ निष्काशन गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version