काठमाडौं: एनसेल आजियाटाले थ्रीजीबाट फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ। यो योजना अन्तर्गत फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरजी डेटा बोनस पाउने कम्पनीले जनाएको छ।

एनसेलले नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार द्रुतगति मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत सजिलै गर्न सकिन्छ।एनसेल सेन्टर, पसल वा आधिकारीक बिक्रेतामार्फत सीम अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा सात दिनको लागि मान्य रहने कम्पनीले जनायो। अपग्रेडपछि डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ लगायतका सुविधा पाउनेछन्।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सीम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्ने कम्पनीले जनाएको छ। ग्राहकले आफुले प्रयोग गरेको सीम कार्ड फोरजी भए/नभएको थाहा पाउन एस्ट्रिक्स३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यू’ लेखेर ३२४ मा एसएमएस पठाउन सकिने कम्पनीले जनायो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version