काठमाडौँ: नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाइ धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति दिएको छ ।

बोर्डले नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापितवित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्रव्यापारीको कार्य सक्ने व्यवस्था समेटी धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो । सो संशोधनका आधारमा नागरिक स्टक डिलरलाइ धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।

पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाई धितोपत्रव्यवसायी नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्रव्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको जनाएको छ ।

नेपालको पूँजीबजारमा हाल स–सानालगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजीबजारमा गतिशिलताआई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version