काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभासमेत गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले सम्बोधन गर्दै जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरे । उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभइ यो संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उनको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्दा देश बर्बादीतर्फ जाने भएकाले जनतामा जानुको विकल्प नभएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version