काठमाडौँ: साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८.७६ अंकले बढ्दा २४४१.८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो।

यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ।

तिबाहेक अरु समूहहरु घटेका छन्। बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन पोखरा फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

घोषित बोनसपछि मूल्य समायोजन भएको सो कम्पनीको फेरि १० प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version