काठमाडौं: राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । पत्रमा तत्काल कारवाहीको लागि माग गरिएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ४ वर्षसम्म उखु किसानको भुक्तानी नदिने उद्योगहरुले आफ्नो उद्योगमा चिनी उत्पादन नगरी भारतबाट सस्तो मूल्यमा चिनी तस्करी गरेर ल्याइ उपभोक्ता ठगी गरेको सूचना विभिन्न ठाउँबाट आएको भन्दै त्यस्तो ठगी गर्ने विरुद्ध कारबाहीको माग गरेको बताए ।

गत हप्तासम्म उपभोक्ताले साल्ट ट्रेडिङको आउटलेटमा ७३ र अन्यको हकमा ८० रुपैया प्रति किलोमा खरिद गरिरहेको चिनी अहिले उपभोक्ताले बजारमा ९० देखि ९५ रुपैयां प्रति किलोमा खरिद गर्नुपरेको मञ्चको भनाइ छ । पत्रमा भनिएको छ, ‘गत हप्तासम्म प्रति किलो ६८ रुपैयाँमा भ्याट बिल सहित बिक्री गरेता पनि इष्टिमेट बिल प्रयोग गरी थोक बिक्रेताहरुसँग ७८ रुपैयाँप्रति किलोसम्म मूल्य लिने गरेको थोक बिक्रेताहरुको गुनासोलाई मनन गर्ने हो भने उद्योगहरु आफैले कालोबजार गर्दै राजस्व छल्ने काम समेत गर्दै आएको देखिन्छ ।’

नेपालमा चिनीको कूल उत्पादन १ सय ८० हजार मेट्रिक टन मात्र भएको तर देशको आवश्यकता २ सय ८० हजार मेट्रिक टन रहेको मञ्चको भनाइ छ । तर स्वदेशी उद्योगीले गलत तथ्यांक सरकार समक्ष पेश गरी स्वदेशी उत्पादन २ सय ४० हजार मेट्रिक टन भएको र मांग २ सय ६० हजार मेट्रिक टन मात्र भएको देखाउँदै गरेको आरोप लाग्दै आएको छ । यस चालू आर्थिक वर्षको ६ महिनामा मात्र एक सय हजार मेट्रिक टन चिनी आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version