काठमाडौं: नविल बैंकमा एनबी इन्टरनेसनलका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य फेरिएको छ ।

यसअघि आशिष शर्माले सञ्चालक समिति सदस्यका रुपमा प्रतिनिधित्व गरेकामा अब भने मलय मुखर्जी मनोनित भएको बैंकले जानकारी दिएको छ । मुखर्जीले भदौ १ देखि पदबहाली गरेका छन् ।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १९ करोड ४० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एनएफआरएस रिपोर्ट अनुसार नबिलको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version