एजेन्सी: लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २-१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एकएक गोल गरे । बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए ।

जितसंगै लियोनले २२ खेलमा ४६ अंक जोड्दै पीएसजीलाई पछि पारेको छ । बोर्डेअक्स ३२ अंकसहित सातौँ स्थानमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version