काठमाडौं : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

 

नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर र आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मा खरिद बिक्री भए ।

 

 

कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४२.०३, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले ओरालो लागेको छ ।

 

कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४३ लाख ७६ हजार ४५२ बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स रु ३४ करोड ७९ लाख ९५ हजार ७५, प्रभु लाइफ इन्स्योरेन्स रु ३१ करोड ८२ लाख २६७, एनआइसि एशिया बैंक रु ३० करोड ८७ लाख २० हजार ७८, नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ६२ लाख ६५ हजार २१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २८ करोड ८३ लाख ३८ हजार ९७८, नेको इन्स्योरेन्स रु २३ करोड १३ लाख ९८ हजार ७३२, हिमालयन डिस्टिलरी रु २१ करोड ७३ लाख दुइृ हजार ८४९ र प्रभु बैंक रु २१ करोड ६६ लाख ५६ हजार २०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

 

कारोबार भएका कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ८.७३, सिभिल लघुवित्त ६.०२, नारायणी डेभलपमेन्ट बैंक ५.७८, कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ४.४९ कमाए । यस्तै, रिलायन्स फाइनान्स ८.३०, गुर्खाज फाइनान्स ७.८३, युनाइटेड इदी मदी हाइड्रोपावर ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ७.४१ प्रतिशतले गुमाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version