काठमाडौं : कलाकार सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

 

आज मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् ।

 

सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।

 

सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् ।

 

पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख गरेकी छिन् ।

प्रहरीले भने दुवै पक्षलाई बोलाएर कुराकानी गराउने तयारी गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version