काठमाडौँ :कालीमाटीका तरकारी व्यापारीले आज बजार बन्द गराएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले सोमबार बजार अनुगमनका क्रममा कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको बिरोधमा कारोबार बन्द गरिएको ब्यापारीले बताएका छन् ।

व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएका थिए ।

सरकारको बजार अनुगमनको शैली राम्रो नभएको र ब्यापारीहरुलाई तर्साउने हिसाबले बजारमा प्रवेश गरेको उनीहरुको आरोप छ ।

ब्यापारी भगवान चन्द्र उप्रेतीले भने- ‘आज बजारमा कुनै पनि कारोबार भएको छैन । कुनै पनि ब्यापारीले तरकारी तथा फलफुल किसानसंग मगाएका छैनन्’ ।

उनका अनुसार ब्यापारीले एउटा संघर्ष समिति बनाएको र समितिले पक्राउ परेका अध्यक्ष खतिवडाको रिहाईको लागि लड्ने छ ।

उनले भने- ‘सरकारले खतिवडालाई मुद्धा चलाउदै छ भन्ने सुनेका छौ । यदि सरकारले मुद्धा हालेमा संघर्ष समितिले रिट प्रतक्षीकरणको रिट हाल्छ’ ।

ब्यापारीहरु अनुगमनको विरोधमा नभएको बताउदै उनले भने सरकारले बजार ब्यबस्तिथ बनाएर कानुन अनुसार अनुगमन गर्नुपर्ने बताए ।

सोमबार कालिमाटी बजारमा अनुगनमा क्रममा भएको घटनालाई मध्यनजर गरी सरकारले समस्या समाधानमा लागि एक समति नै गठन गरेको छ ।

आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाले संयोजकत्वमा समति बनाइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version