काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका नेताहरु गएको आरोप लगाएका छन।

बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन ।

ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरुको मुकुण्डो खुइलिएको तर्क गरे ।

उनले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताए । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न समेत उलने सुझाव दिए ।

‘जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्‍यो ?’,ओलीले प्रश्न गर्दै जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।

‘बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्’, उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version