एजेन्सी: सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लागेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version