काठमाडौँ: नेपाल राष्ट्र बैंकले भोलि सोमबार ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले ९१ दिने १० करोडको र एक वर्षे ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नलागेको हो।

१० करोडको ट्रेजरी बिल आगामी वैशाख २८ गते र ५ अर्बको ट्रेजरी बिले ०७८ माघ २५ गते परिपक्व हुनेछ।

यसअघि गत १९ गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो।

भोलि हुने बोलकबोलका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइनबाट आवेदन दिनुपर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version