काठमाडौँ: कृषि विकास बैंकको शाखा सिद्धार्थनगरबाट माघ २४ गते शनिवारका दिन भिम अस्पताल भैरहवाको परिसरमा एटिएम स्थापना गरको छ ।

बैंकको एटिएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज बि.क.ले संयूक्त रुपमा समुदघाटन गरे ।

उक्त कार्यक्रममा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल एक्स रे मेसिन उपलब्ध गराएको छ ।

अस्पतालकी मे.सु. डा. सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साईकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आयस्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरीद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल एक्स रे मेसिन हस्तान्तरणले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको बताइन् ।

सोही कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत चितवनका २ वटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटा लगायत देशका विभिन्न अस्पतालहरुलाई प्राविधिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बताए ।

जनतालाई प्रत्यक्ष्य सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको र यस्ता कार्यक्रमलाई अगामि दिनमा समेत निरन्तरता दिइने उनको भनाई थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version