काठमाडौँ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएलसँगै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यस्तो सोचाइ राख्नु गम्भीर दृष्टिदोष भएको तर्क गरेका हुन ।

‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है,’ सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं।’

उनले भनेका छन्, ‘अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version