काठमाडौँ:
नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्दै छ।

सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार (आज) विद्युत बन्द गरिने भएको हो।

जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १:३० बजेदेखि अपह्न ४:३० सम्म विद्युत काटिनेछ।

यस्तै भोलि आइतबार पनि काठमाडौंका विभिन्न स्थानमा विद्युत् बन्द गरिँदै छ।

कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द गरिनेछ।

बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version