काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार अहिले (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्यसम्म, अन्य पहाडी भेगमा आंशिक बदली र देशका बाँकी भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुनेछ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version