काठमाडौँ:  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापति पूर्णचन्द्र थापालाई निर्देशन दिएका छन्।

मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको नयाँ बन्ने भवनका लागि हाल सेनाले प्रयोग गर्दै आएको जग्गा खाली गरेर सहयोग गर्नका लागि प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गरेका हुन्।

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भएको बैठकमा मुख्य रजिष्ट्रार कुवँर र अरू रजिष्टारको उपस्थिति थियो।

अहिलेको सर्वोच्च अदालत रहेको भवन पछाडि सर्वोच्चले नेपाली सेनाको क्यावलरी ब्यारेकभित्रको जग्गामा नयाँ भवन बनाउन टेन्डर आह्वान भसकेको छ। यो जग्गामा सेनाको भवन थियो।

नेपाली सेनाका प्रवक्त सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति जग्गाको विषयमा कुरा गर्न सर्वोच्च अदालत गएको पुष्टि गरे।

हाम्रो क्यावलरी ब्यारेक भएको जग्गामध्ये ९ रोपनी क्षेत्रमा सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ त्यसैबारे समन्वय गर्न प्रधानसेनापतिज्यू प्रधानन्याधीशलाई भेट्न जानु भएको हो,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version