काठमाडौँ: कुमारी बैंकको अगुवाईमा ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ।

तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको उक्त परियोजनामा ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ । सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक र माछापुच्छ्र्र्रे बैंक सहयोगी बैंकका रुपमा रहेका छन्।

यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ।

प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदि इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version