काठमाडौं: बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो ।

व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । नागरिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version