काठमाडौँ:
काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ।

पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो।

बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ।

पशु सेवा विभागका प्रवक्ता ढकालले आज (शुक्रबार) बिहान भने, ‘अहिले हामी (केन्द्रीय बर्डफ्लु समन्वय समितिको) बैठक बसिरहेका छौं। केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं।’

तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो। अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version