काठमाडौँ: सीडीएस एन्ड क्लियरिङ लिमिटेडले प्राथमिक शेयर (आइपीओ) को नतिजा हेर्न नयाँ वेभपोर्टल सञ्चालन ल्याएको छ ।

संचारमाध्यमलाई आइपीओ निष्काशनमा रोक लगाएको सीडीएसले आइपीओ रिजल्ट डट सीडीएस डटकम डट एनपी स्लास ( https://iporesult.cdsc.com.np/ ) पोर्टल सञ्चालनमा ल्याएको हो।

आइपीओ निष्कासनको विवरण मात्र राखिने सो पोर्टल सुरक्षित र छरितो हुनुका साथै एकैपटक सबैले हेर्न सकिने उच्च क्षमताको रहेको सीडीएसको दाबी छ । उक्त पोर्टलबाट आइपीओ बाँडफाँडको नतिजा तुरुन्त हेर्न सकिने सीडीएससीको भनाई छ ।

शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्ताहरुले ठूलो सकल झेल्नु परेको थियो । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ ।

महिला लघुवित्तको आइपीओको नतिजा हेर्ने लगानीकर्ताहरुको चापका कारण शुक्रबार मेरो शेयरमा समस्या आएका कारणले इडिआइएस समेत प्रभावित भएको थियो । उक्त प्रभावित भएको दिन फागुन १३ गतेको कारोबारको राफसाफ फागुन १६ गतेसम्म गर्न सकिने व्यवस्था मिलाएको सीडिएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version