काठमाडौँ: राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा रजनीश कुमार गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले २५ करोड ८० लाख ६५ हजार ४२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई बीरगञ्ज उप-महानगरपालिका वडा नं.१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लिका संचालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो।

गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेको विभागको ठहर छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version