काठमाडौँ:

महानगरीय प्रहरी प्रभाग नागढुंगाले वुधबारसाँझ काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका तापस सस्माल, ३१, ले साथमा बोकी आएको झोला चेक जाँच गर्ने क्रममा लुकाई छिपाई लिई आएको बिल भर्पाई नभएको जम्मा तौल २२ तोला ३२ लाल (२६०.३५ ग्राम) भएको सुनको सिक्री २४ (चौबिस) थान फेला परेको हो ।

 

निज सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको छ ।

सस्माल नाकुबार जोयपुर बस्ने भारतीय नागरिक हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version