काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।

 

प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ ।

दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेटेका छन् ।

महासचिव गौतमले नेता परिवर्तनको पत्र दर्ता गरेका छैनन् । उनले कानूनी रुपमा सल्लाह गरेर अगाडि बढ्ने बताएको एक सांसदले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version