काठमाडौँ:
नेकपाका केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए ।

नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो । ओलीले भने नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version