काठमाडौँ:नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन तोलाको ८६ हजार १०० रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार स्थीर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
Facebook Comments Box
