काठमाडौँ: महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वरमा आफ्नो शाखा खोलेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आज एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन गरेका छन् ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढी रहेको छ ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म करिब २७ अर्ब निक्षेप संकलन गरी २१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version