काठमाडौँ: इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् ।

अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले आज नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए ।

बुधबार पाँचौँ दिनको खेल सकिँदासम्म नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ ।

भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जित्न सफल भइसकेको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये पाँचौँ दिनको खेल सकिँदासम्म २४ देशले पदक जित्न सफल भएका छन् । अहिलेसम्म चीनले सर्वाधिक ४४ स्वर्ण, ३३ रजत र १५ कास्य गरी ९२ पदक जितेको छ । त्यसैगरी चीनलाई पच्छ्याउँदै जापानले २० स्वर्ण, २३ रजत र २६ कास्यसहित ६९ पदक जित्न सफल भएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

यो समाचार तयार पार्दासम्मको पदक तालीका यस प्रकार छ ।

देश:       स्वर्ण – रजत -कास्य -जम्मा पदक
चीन:        ४४       ३३        १५        ९२
जापान:    २०      २३        २६         ६९
दक्षिण कोरिया: ११  १६     २३        ५०
इरान:       ९      ६    ६     २१
इण्डोनेसिया: ६ ४ ७ १७
उत्तर कोरिया:  ५ २ ३ १०
विज्वेकिस्तान:  ४ ५ ६ १५
थाइल्याण्ड:  ४ २ ११ १७
भारत: ४ ३ ८ १५
चाइनिज चाइपेई:  ३ ४ ८ १५
मङ्गोलिया:  ३ २ ४ ९
काजाकिस्तान:  १ ६ १५ २२
लेबनान:  १ १ २ ४
मलेसिया:  १ १ १ ३
मकाउ : १ १ – २
फिलिपिन्स:  १ – ५ ६
सिंगापुर: १ – ३ ४
जोर्डन:  १ – २ ३
किर्गिस्तान:  – ४ ५ ९
भियतनाम:  ४ ७ ११
हङकङ : २ ७ ९
तुर्कमिनिस्तान : १ १ २
म्यान्मार:  २ २
अफगानिस्तान:  १, १

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version