काठमाडौँ: कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगलाई सरकारले बिजुलीको डिमान्ड शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल तथा रेस्टुरेन्ट उद्योगलाई लकडाउन अवधिको विद्युतको डिमान्डशुल्क शतप्रतिशत छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

२०७६ चैत ९ देखि २०७७ को माघसम्म डिमान्ड शुल्क छुट दिने सरकारले निर्णय गरेको छ।

उत्पादनमुलक उद्योगहरुलाई सरकारले यसअघि नै यस्तो छुट दिने निर्णय गरिसकेको थियो। होटल तथा पर्यटन व्यवसायीहरुले भने छुट पाउनुपर्ने माग गर्दै आएका थिए।

मन्त्री गुरुङले दिएको जानकारीअनुसार होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि गएको भदौ मसान्तसम्म शतप्रतिशत डिमान्ड शुल्क छुट पाउने छन् भने भदौदेखि माघसम्म पचास प्रतिशत पाउने छन्।

यस्तो छुट दाबी गर्ने होटल तथा रेष्टुरेन्टहरुले उद्योगका रुपमा दर्ता गरेको हुनुपर्छ। यसरी दर्ता भएकाहरुले आफ्नो दर्ता नियमित नविकरण पनि गरेको हुनुपर्ने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version