भक्तपुर: भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ।

घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक-५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्।

उनीहरूलाई सबैलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version