काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप्सहरुको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सिर्जनामा काम गर्न ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरू अघि बढाएको छ ।

महासंघले गठन गरेको स्टार्टअप्स एण्ड इनोभेसन समिति मार्फत नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायहरुको व्यवसायिक सफलताका लागि समिति मातहत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको महासंघले जनाएको छ ।

महासंघले अघि सारेको आर्थिक रुपान्तरण मार्गचित्रमा पनि मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवर्धन गर्न उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रवर्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूंजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका कार्यहरू अघि सारिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version