काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएका कारण तत्काल सरकारमा नजाने बताएका छन्।

कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनका विषयमा मौन बस्ने बताएका हुन्।

‘कांग्रेस सरकारमा कहिले जान्छ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन।’

उनले कांग्रेसको नेतृत्वमा सरकार पनि गठन नहुने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वसको प्रस्ताव पनि नल्याउने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version