काठमाडौँ: जारी थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको छ।
अंक तालिकाको हिसावले एक खेल मात्रै जितेको बंगलादेश यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ भने आज भएको नेपालविरुद्धको खेलमा उसले बराबरी खेलेसंगै किर्गीस्तान बाहिरिएको छ भने अव सोमबार हुने फाइनल खेल नेपाल र बंगलादेशबीच दसरथ रंगशालामा ५:३० बजे हुने छ।
नेपाललाई आजको खेल कि त जीत या बराबरी गरे पुग्ने थियो भने नेपालले २ गोल खाएको भएको गोल अन्तरले किर्गीस्तानले फाइनल खेल्न पाउने थियो।
नेपाल त्यस्तो भाग्यशाली टोलि बनेको छ जो दुवै खेलमा कुनै गोल नगरी फाइनल पुग्ने टोलि समेत बनेको छ। बंगलादेश र किर्गीस्तानबीच भएको पहिलो खेलमा भने बंगलादेशले उसविरुद्ध आतम्घाती गोलका कारण जीत हात परेको थियो।
