नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने घोषणा गरेका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने घोषणा गरेका हुन् ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकौ पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको बताए । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए । यस्तै कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी ओली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गरे ।

उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिं हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथी आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो । उतापट्टिको भएपनि । त्यो लभ त गएको छैन नी ।

अर्कोले डिभोर्स गरिदिएपनि । अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ । अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो । त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ । जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरुसँग, बैद्यजीहरुसँग पनि एकताको सपना देख्नुत एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन । तर मोर्चा चाहिं बन्छ ।

मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुल भुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पु¥याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग¥यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version