काठमाडौँ: नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको घोषणा गरेको छ । कारबाहीमा पर्नेमा ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावल रहेका छन् ।

खनाल नेपाल समूहको चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्णयानुसार थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको हो । उनलाई नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको नेता भीम रावलले जानकारी दिए । ।

यसैगरी कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका रावलले पार्टीको विधान विपरीत आफूलाई सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेको पाइएकाले जिल्ला कमिटीबाट कारबाही गर्ने निर्णय गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैठकले केन्द्रीय प्रतिनिधि, जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूका रिक्त स्थान पूर्ति गर्ने निर्णय गरेको छ भने जिल्लाहरुमा अध्यक्ष पनि चयन गरिएको छ ।

जसमा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल, बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, कैलाली जिल्ला कमिटी अध्यक्षमा दीर्घबहादुर सोडारी, डडेल्धुरा जिल्ला अध्यक्षमा डा. तारा जोशी, डोटी जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल र बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंहलाई चयन गरिएको एमाले प्रदेश कार्यालय सचिव दिनेश चन्द्र सुवेदीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version