मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री पौडेलले सोमबारका लागि ललितपुरको जावलाखेलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई मात्र खबर गरिएको जनाइएको छ ।

पछिल्लो समयको राजनितिक परिवर्तनपछिको अवस्था, प्रमुख प्रतिपक्षको अवरोधका कारण स्थगित बारम्बार भइरहेको प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पछिल्लो समयमा बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफलका लागि मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक आह्वान गरेको प्रेस संयोजक दाहालले जानकारी दिए ।

लामो समयको राजनैतिक उतारचढावपछि केही गत चैत २४ गतेबाट संचालनमा आएको बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक विभिन्न विषयमा मुख्यमन्त्री पौडेलको उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version