काठमाडौँ: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको स्टिङ अपरेशन अमान्य हुने फैसला गरेको छ ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ सालमा दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलाशले स्टिङ अपरेशनलाई मान्य नहुने फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलाशले अख्तियारले गर्दै आएको स्टिङ अपरेशनलाई अमान्य हुने फैसला गरेको छ ।

सर्वोच्चले अख्तियारको नियमावली २०५९ को नियम ३० मा रहेको स्टिङ अपरेशन गर्ने प्रावधान संविधानको धारा १३३ को उपधारा १ विपरीत भएकाले फैसला भएको मितिबाटै लागू हुनेगरी अमान्य र बदर हुने ठहर गरेको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संवि

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version