काठमाडौँ: प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएको भन्दै त्यो कृयाकलाप अहिले पनि जारी रहेको बताएका छन् ।

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पोखे ।

‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको छैन’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र कम्युनिस्ट पार्टीलाई गर्व गरेका छन् ।’

यस्ता प्रवृत्तिका विरुद्ध पार्टी जुधिरहेको भन्दै ओलीले विगतमा आफूहरुलाई पार्टीविहीन बनाउने खोजिएको भन्दै त्यो प्रयास असफल भएको पनि बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version