काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवासमा भेट वार्ता भएको छ ।

विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा ओली र गौतमबीच एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा सहभागी एमाले प्रमुख सचेतक बिशाल भट्टराईले उपाध्यक्ष गौतमको भनाइलाई उद्धृत गर्दै भने, ‘केपी ओलि देशको प्रधानमन्त्री हुन, नेकपा(एमाले) को अध्यक्ष हुन, तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version