काठमाडौँ:
भुकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्।

सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले नवनिर्मित २२ तले धरहराको उद्घाटन गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो।

करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीन तले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन्। नयाँ धरहरामा दुई वटा लिफ्टको समेत व्यवस्था हुनेछ।

धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version