पोखरा: गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद बैठक स्थगित गर्न माग गरेको भन्दै पोखरेलले अधिवेसन स्थगित गरेको बताएका छन्।

यसअघि संसद चलिरहेकै अवस्थामा जनमोर्चाका प्रमुख पियारी थापाले संसद सचिवालयमा निवेदन दिँदै बैठक स्थगित गर्न माग गरेकी थिइन्।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वासको प्रस्ताव माथि प्रदेश सभामा छलफल भइरहेको छ । बुधबार नै उक्त प्रस्ताव उपर मतदान गर्ने कार्यसूची छ।

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका सांसद शाही मतदान गर्ने बेलासम्म आइपुगेन भने उक्त प्रस्ताव फेल हुन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version