काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका छन् । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अ‍ोलीले यहीं वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version