काठमाडौँ:
सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन्।

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए। भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो। नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए। विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए।

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए। प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन्। साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ। नागरिक दैनिकबाट

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version