काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले मंगलबार एक होटेलबाट निषेधाज्ञामा जुवा तास खेलिरहेको अवस्थामा दस लाख बढी नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले यो कारवाही आज काठमाडौँ महानगरको १६ नम्बर वडाको बहती पोखरीस्थित पिताम्बर गौतमले संचलान गरेक फेवा दर्शन होटेलमा गरेको हो ।

उनीहरुलाई सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले उक्त होटेलको दोस्रो तलाको कोठामा चेक-जाँच गर्दा जुवा-तास खेलिरहेको अबस्थामा उक्त कोठाबाट नेपाली नगद रु १०,९७,००० सहित ३० बुक तास,तास खेल्न प्रयोग गरिएको २५० वटा क्वाईन र होटेल संचालक पिताम्वर गौतमसहित निम्न २५ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु:
१. का जि का म नपा वडा न १६ बस्ने वर्ष ४९ को पिताम्वर गौतम
२.देश भारत ओडिसा घर भई हाल का जि का म नपा वडा न लगनटोल बस्ने बस्ने बर्ष ४८ को कानु प्रधान
३. काजि काम नपावडा न१६ बस्ने वर्ष ३७ को रन्जना ढकाल
४. जि काभ्रे बनेपा न पा वडा न ६ काग्ले घर भई हाल काजिकामनप-१६ नयाँबजार बस्ने बर्ष ४७ को पुरुषोत्तम न्यौपाने
५.जि.महोत्तरी लोरपटि गा पा वडान २ घर भई हाल का जि का म नपा वडा न ३८ को मनोज कु मण्डल
६.जि.बझाङ दुर्गाथलि गा पा वडा न ७ घर भई हाल काजिकाम नपा वडा न १५ स्वयम्भु बस्ने वर्ष २६ को उमेश विक
७. जि काभ्रे.पाँचखाल न पावडान ३ घर भई हाल काजिकामनपा वडा न सितापाईला बस्ने वर्ष ४५ को विजय कार्कि
८. जि चितवन भ महा न पा वडा न ११ घर भई हाल काजि काम पावडा न ७ बस्ने वर्ष ४७ को जगत बहादुर गुरुङ
९.जि मोरङ कानेपोखरी गा पा वडा न २ घर भई हाल काजि ,क म नपा वडा न २६ बस्ने वर्ष ४० नविन्द्र कुमार गुरुङ
१०.जि सिपा घर भई हाल का जिकाम नपावडा न ४ बस्ने वर्ष ३१ को सुशान्त घले
११.काजि कामनपावडा न २९ शंखमुल बस्ने वर्ष ५२ ज्योति प्रकाश श्रेष्ठ
१२.जि मकवानपुर टिष्टुङ घर भई हाल का जि चन्द्रगिरि न पा बस्ने वर्ष ३७ को विर्ख बहादुर थिङ
१३.जि धादिङ रोराङ गापा वडा न २ घर भई हाल काजिकाम नपावडा न २९ बस्ने वर्ष ३५ को पदम बहादुर तामाङ
१४.जि.ललितपुर ललितपुर महा नपा वडा न ७ लगनखेल बस्ने वर्ष ४२ को शंखर माली
१५.जि भक्तपुर चाँगुनारायण न पा वडा न ७ बस्ने वर्ष ४० को रामेश्वर गौत्तम
१६.जि मकवानपुर हेउनपा वडा न १३ घर भई हाल काजिकामनपा वडा न २६ म्हेपि बस्ने वर्ष २६ को रामकृष्ण वाईवा
१७.जि दोलखा जिरि न पा वडा न ७ घर भई हाल काजिकामनपवडा न१६ बस्ने वर्ष २८ को छिरिङ शेर्पा
१८.जि काभ्रे रोशिगपा वडा न १ घर भई काजिका म नपडा न६ बस्ने वर्ष ३३ को मिनसाङ लामा
१९.जि ललितपुर ललितपुर म नपा वडा न ४ बस्ने वर्ष ३० को अनिल सेढाई
२०.काजि तार्केश्वर नपा वडा न ११ बस्ने वर्ष ५५ को राम अधिकारी
२१.जि मुगु घर भइ का जि का म नपा वडा न ४ बस्ने वर्ष ३७ को तेन्जिङ लामा
२२.काजि का म पावडा न६ घर भई काजि का मन पावडा न १६ बस्ने वर्ष ३८ को ग्यालछेल लामा
२३.जिल्ला नवलपरासी बर्दाघाट नपा वडा न १२ घर भई हाल काजिका म नपा वडा न २६ बस्ने वर्ष ३५ को छिरिङ लामा
२४.जि ललितपुर लुभु नपा बस्ने वर्ष ३८ को ज्योति थापा
२५. जि सल्यान कालिमाटि गापा वडा न३ घर भई हाल काजि नागार्जुन नपा वडा न ३ बस्ने वर्ष ४० को बल ब राउत ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version