काठमाडौँ: उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर काठमाडौंको होटल अन्नपूर्णमा ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ शुरु भएको छ ।

अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स अलायन्स (एका) को आयोजनामा भइरहेको मेला आज र भोलीगरी २ दिनसम्म चल्नेछ । सो कार्यक्रम अष्ट्रेलियन राजदुत पिटर वडले एक औपचारीक समारोहका बिच उद्घाटन गरे । कार्यक्रममा वडले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तब्य रहेको बताउदै अष्ट्रेलियन शहरहरुमा नेपाली विद्यार्थीहरु नेपाली बोल्दै हिड्दै गरेको देख्दा खुशी लाग्ने बताए ।

अस्ट्रेलियाबाट संचालित एजुकेशन कन्सल्टेन्सीहरुको छाता संगठन एकाले दोस्रो संस्करणका रुपमा मेलाको आयोजना गरेको हो । एक्काका अध्यक्ष निरज श्रेष्ठले मेलामा अस्ट्रेलिया जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने बताए ।

अस्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन । यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने बिषय र शैक्षिक संस्थाको बारेमा पनि विद्यार्थीलाई उक्त मेलामा जानकारी उपलब्ध गराइनेछ ।

त्यस क्रममा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा विषयगत विज्ञले विस्तृत जानकारी दिनेछन । एका अध्यक्ष श्रेष्ठका अनुसार अस्ट्रेलियामै रहेर सञ्चालित परामर्श व्यवसायीहरुको मेला भएकाले विद्यार्थीले अस्ट्रेलिया पुगेर पनि निरन्तर तिनको आवश्यक सहयोग पाउनेछन ।

अध्यक्ष श्रेष्ठ भन्छन– अस्ट्रेलिया एजुकेसनको बारेमा एक्का सदस्य व्यवसायीहरु जत्तिको विश्वासिलो र भरपर्दो अन्य शैक्षिक परामर्श व्यवसायीहरु हुन सक्दैनन । यो जानकारी दिनपनि नेपालमा मेला आयोजना आवश्यक ठानेका हौं ।’

एउटै छाना मुनी विभिन्न विश्वविद्यालय, कलेजहरुको सहभागिता हुने भएकाले विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीले जानकारी हासिल गर्न सक्छन । विद्यार्थीले यो मेलामा आएर वास्तविक परामर्श पाउने भएकाले अस्ट्रेलिया जाने सोचमा रहेका सम्पुर्ण विद्यार्थीलाई मेलामा सहभागि भईदिन अध्यक्ष श्रेष्ठले अपिल गरेका छन । उक्त मेलामा ५ हजार विद्यार्थी सहभागि हुने अपेक्षा आयोजकले राखेको छ ।

मेलामा २२ वटा अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी र सातवटा अस्ट्रेलियन कलेजको सहभागिता रहेको छ । यस्तै केहि विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी छन । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधी सँग सबै विषयमा खुलेर परामर्श लिन सक्नेछन ।

अध्यक्ष श्रेष्ठले थपे –‘विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीबीच अस्ट्रेलियन शिक्षाका बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version