काठमाडौं । ललितपुरको गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन गरिंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्न लागेका हुन् ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्न लागेका हुन् । यो सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ४३ रोपनी १५ आनामा बनेको यो सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सम्मेलन केन्द्र निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागे पनि यो निर्माणमा ८१ करोड खर्च भइसकेको स्रोतले जनायो । केसी–समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version