काठमाडौं छिर्ने नाकाको चन्द्रागिरि नगरपालिका आज बिहानैदेखि सिल

काठमाडौं उपत्यका छिर्ने नाकामा पर्ने चन्द्रागिरि नगरपालिका आज (शनिबार) बिहानैदेखि सिल गरिएको छ।

काठमाडौं जिल्लामा यसै पनि निषेधाज्ञा लागू छ। त्यसमाथि थप सतर्कताका लागि चन्द्रागिरि नगरपाकिाले एक हप्ताका लागि आफ्नो क्षेत्र सिल गरेको हो।

चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरिका अनुसार आज बिहान ६ बजेदेखि आगामी ७ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक घरबाट निस्किनसमेत पूर्ण रूपमा निषेध गरिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version